
काठमाडाैं । बुधबार नेपालको शेयर बजार २०.३४ अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचक दोहोरो अङ्कले घटेर २६३०.३६ बिन्दुमा झरेको छ ।
बुधबार २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमा ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर कारोबार भएको छ ।
नेप्सेमा बुधबार व्यापार र म्युचुअल फण्डबाहेक सबै समूहको कारोबार नकारात्मक देखिएको छ । व्यापारमा ०.५ र म्युचअल फण्ड उपसमूहमा ०.२५ प्रतिशत बढेकाे छ ।
बुधबार राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाल प्रालिका लगानीकर्ताले मात्रै कमाएका छन् । लगानीकर्ताहरुले बुधबार ३.५८ प्रतिशतसम्म घाटा व्यहोरेका छन् ।
बुधबार सर्वाधिक एनआईसी एसिया बैंकको ८ करोड ४१ लाखको सेयर कारोबार भएको छ ।