
काठमाडाैं । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको भाउ ९८ हजार ७ सय रुपैयाँ पुगेको छ ।
आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ ।