
काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा ५ सय रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाल सुन प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदी प्रति तोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।