प्रतिताेला तीन सय घट्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य घटेको छ।

आइतबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साता शुक्रबार सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१