
काठमाडाैं । सोमबार सुनको मूल्य बढेको छ भने चाँदी स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार भने सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस १८ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।