सुनको मूल्य सामान्य बढ्याे, कति छ आजकाे भाउ ?

काठमाडौं । सुनको भाउ बुधबार १०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै बुधबार चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँ कायम छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१