करिब ९ अंकले घट्याे सेयर बजार

काठमाडाैं । साताकाे काराेबारकाे अन्तिम दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से ८ दशमलव ८७ अङ्कले घटेर २ हजार २८ दशमलव ७७ विन्दुमा झरेको छ ।

शुक्रबार २ सय २१ वटा कम्पनीकाे ३६ लाख ६३ हजार कित्ता शेयर एक अर्ब ४५ करोड ९३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको पाँच करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएकाे छ ।

शुक्रबार स्ट्यान्डर्ड चार्टर बैंक र युनाइटेट इन्सुरेन्स कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्र बजार घटे पनि आँधीखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१