भारत सरकारकाे सहयाेगमा कपिलवस्तुमा विद्यालय भवन निर्माण

काठमाडाैं । भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले शुक्रबार कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा रहेकाे श्री माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरेका छन् ।

नेपालका तर्फबाट कपिलवस्तु–२ का सांसद बृजेश कुमार गुप्ता, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठ लगायतको उपस्थिति रहेकाे थियाे ।

शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग ३ करोड ४० लाख रुपैयाँको लागतमा यस परियोजनाको निर्माण भएको हो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘india@75 आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने परियोजनाहरु मध्येको एक हो ।

श्री माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाको एक पुरानो विद्यालय हो । यस नवनिर्मित पूर्वाधारले विद्यालयमा सिकाइका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने विश्वास लिइएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१