सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । साताको पहिलो दिन साेमबार सुन-चाँदीको मूल्य बढेको छ ।

आइतबार सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भने सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस १७ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१