सुनकाे मूल्य घट्यो, चाँदीकाे स्थिर

काठमाडाैं । सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदी भने प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१