
काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड फिल्म ‘ब्रह्मास्त्र’को पहिलो गीत ‘केशरियाँ’ रिलिज भएको छ ।
फिल्ममा आलियाले इशा र रणवीर कपुरले शिवको भूमिकामा अभिनय गरेका छन् । वाराणासीमा छायांकन गरिएको फिल्मको गीतमा रणवीर र आलिया रोमान्टिक देखिएका छन् ।
सोनी म्युजिकले आफ्नो युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो ।
गीत रिलिज गरी आलियाले लेखेकी छन्, ‘हाम्रो मायाको सुस्केरा अब तपाईंको बनेको छ । केशरिया सार्वजनिक भयो ।’
प्रितमले संगीत गरेको गीतमा अमिताभ भट्टाचार्यका शब्द समेटिएका छन् । अरजित सिंहले गीत गाएका छन् ।
हेर्नुहाेस् भिडिओ :