
काठमाडाैं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।
छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा झरेको छ । त्यस्तै, तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा आइपुगेको छ।
मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ ।