
काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ ।
महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । यस्तै, सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ छ ।
यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार शुक्रबार ११ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ११ सय ५५ रुपैयाँ कायम भएको छ ।