सेयर बजारमा हरियाली साता : १२२ अंकको वृद्धिले गर्‍यो सुखद् संकेत

काठमाडौं । सेयर बजारमा यो साताभरको अवस्था सुखद् देखिएको छ ।

नयाँ मौद्रिक नीतिपछि आइतबारदेखि नै उचालिएको बजारको अवस्था साताको अन्तिम कारोबारमा श‍ुक्रबार पनि हरियाली नै रह्यो । साताभर समग्रमा बजार १२२.८९ अंकले बढेको छ ।

शुक्रबार १२.९२ अंकले बढेर बजार २१४०.३९ बिन्दुमा पुगेको छ । जहाँ २ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ ।

जसमा १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१