
काठमाडाैं । सेयर बजारमा साेमबार दिनभरजसाे उतारचढाव देखिएकाे छ । आइतबार साढे ५४ अङ्कले बढेको शेयर बजार साेमबार भने सामान्य बढेको छ ।
शेयर बजार परिसूचक नेप्से साेमबार एक दशमलव १५ अङ्कले बढेर २ हजार एक सय ९६ दशमलब २५ विन्दुमा पुगेको छ ।
साेमबार २ सय १७ वटा कम्पनीका एक करोड ५ लाख १८ हजार कित्ता शेयर ४ अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३८ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
साेमबार बैंकिङ, व्यापार, जलविद्युत्, उत्पादन र लगानी समूहको शेयर बढेको छ ।