नेप्सेमा १० अंककाे वृद्धि, साढे २ अर्ब बढीकाे काराेबार

काठमाडाैं । सेयर बजार आइतवार १० अङ्कभन्दा धेरैले बढेको छ ।

दिनभर उतारचढाव भइरहेको नेप्से बन्द हुने बेलामा १० दशमलव २७ अङ्कले बढेर २ हजार १ सय २३ दशमलव ८२ विन्दुमा पुगेको छ ।

आइतबार जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ ।

२ सय १९ वटा कम्पनीकाे ६१ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सकाे १३ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आइतबार मनकामना स्मार्ट लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । यस्तै, तेह्रथुम पावरको साढे नौ प्रतिशत र उपकार लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नयाँ सारथी लघुवित्त, साम्लिङ पावर र ग्रामीण विकास लघुवित्तको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१