सेयर बजारमा पहिरो, दुई अर्ब ८१ करोडको कारोबार

काठमाडाैं । बजार घटेर राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से मङ्गलबार ४५ दशमलव ४२ अङ्कले घटेर दुई हजार ६० दशमलव ७३ विन्दुमा झरेको छ ।

सबै समूहको सेयर घटेकोमा जलविद्युत्, विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

मंगलबार दुई सय २२ वटा कम्पनीकाे ६६ लाख ४६ हजार कित्ता शेयर दुई अर्ब ८१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड १० लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज गणपति लघुवित्तको शेयर सात प्रतिशतभन्दा धेरै तथा घलेम्दी हाइड्रो, पञ्चकन्यामाई हाइड्रो, न्यादी हाइड्रो, मध्य भोटेकोसी जलविद्युत र राष्ट्र उत्थान लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार राताम्मे हुँदा पनि हिमालयन हाइड्रो पावरको शेयर झन्डै १० र गुराँस लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१