लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार, कारोबार रकममा पनि कमी

काठमाडाैं । बुधबार पनि सेयर बजार घटेको छ ।

शेयर बजार परिसूचक नेप्से बुधबार पाँच दशमलव ९१ अङ्कले घटेर २ हजार ५६ दशमलव ८८ विन्दुमा झरेको छ । बुधबार उत्पादन र लगानीबाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।

बुधबार कारोबार रकममा पनि कमी आएको छ । २ सय १८ वटा कम्पनीकाे ४६ लाख ४० हजार कित्ता सेयर एक अर्ब ९३ करोड ५५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

बुधबार हिमालयन एभरेस्ट इन्सुरेन्सको शेयर १० प्रतिशतले घटेको छ । यस्तै, हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स, लक्ष्मी लघुवित्त, कर्णाली विकास बैंक, मञ्जुश्री फाइनान्स र रिभर फल्स कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटे पनि हिमालयन हाइड्रोपावरको शेयर भने १० प्रतिशतले बढेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१