सुनचाँदीकाे मूल्य घट्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । यस दिन छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१