तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार चाँदीको मूल्यमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजा ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो ।

बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार भने चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१