
काठमाडाैं । मंगलबार करिब २५ अङ्कले घटेको सेयर बजार बुधवार पनि सामान्य घटेको छ ।
सेयर बजार परिसूचक नेप्से बुधबार शून्य दशमलव ३६ अङ्कले घटेर २ हजार ४० दशमलव ७० विन्दुमा झरेको छ ।
आज बैंक, व्यापार, होटल, अन्य, जीवन बीमा र लगानी समूहको सेयर सामान्य घटेको छ ।
विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड समूहको सेयर भने सामान्य बढेको छ ।
बुधबार २ सय २० वटा कम्पनीकाे ३४ लाख ९७ हजार कित्ता सेयर एक अर्ब ४० करोड ५९ लाख रुपैयाँमा कारोबार भएकाे छ ।
बुधबार सबैभन्दा धेरै रिडी हाइड्रोको १८ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भयो ।
समग्रमा बजार घटे पनि अपर सोलु हाइड्रो, अपर हेवाखोला हाइड्रो, मन्दाकिनी हाइड्रो, श्वेतगंगा हाइड्रो र सपोर्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।