
काठमाडाैं । सेयर बजार बिहीबार करिब २८ अङ्कले बढेको छ । सेयर बजार परिसुचक नेप्से २७ दशमलव ७२ अङ्कले बढेर २ हजार ६८ दशमलव ४२ विन्दुमा पुगेको छ ।
बिहीबार सबै समूहको सेयर सामान्य बढेकोमा जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
दुई सय २० वटा कम्पनीका ५१ लाख एक हजार कित्ता सेयर दुई अर्ब पाँच करोड ७९ लाख रुपैयाँमा कारोबार भएकाे छ । बिहीबार सबैभन्दा धेरै रिडी हाइड्रोको १० करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भयो ।