तीन सय रुपैयाँ बढ्यो सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९५ हजार ३०० मा किनबेच भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य ९५ हजार रुपैयाँ थियो ।

बुधबार ९४ हजार ८०० रुपैयाँ मूल्य रहेको तेजाबी सुनको ९४ हजार ५०० मा किनबेच भएको थियो ।

बुधबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ पुगेको छ । मंगलबार यसको मूल्य १ हजार १६० रुपैयाँ थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१