
काठमाडाैं । सेयर बजार परिसूचक नेप्से साेमबार सामान्य बढेको छ । लगातार घटिरहेको सेयर बजार साेमबार सामान्य सुधार भएको हो ।
नेप्से तीन दशमलव ७६ अङ्कले बढेर एक हजार नौ सय ९३ दशमलव ०२ बिन्दुमा पुगेको छ ।
आज जीवन बीमा र उत्पादन समूहको शेयर ४० अङ्कभन्दा धेरै बढेको छ । बैंक, माइक्रोफाइनान्स, लगानी र म्यचल फन्ड समूहको सेयर भने घटेको छ ।
आज दुई सय २२ वटा कम्पनीको ३४ लाख ४० हजार कित्ता शेयर एक अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ ।
समग्र बजार बढे पनि रुरु जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेकाे छ ।