बढ्यो सुनचाँदीकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बुधबार ९३ हजार रुपैयाँ रहेको छापावाल सुन बिहीबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ३सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला ९२ हजार ५०० रुपैयाँ रहेको थियो ।

महासंघका अनुसार बिहीबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँ कायम भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१