चिनियाँ नेता ली र ओलीबीच के भयाे कुराकानी ?

काठमाडाैं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएकाे छ ।

मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा भएको भेटमा चान्सुले चिनियाँ राष्ट्रपति सी जिनपिङको सन्देश सुनाएका थिए ।

एमालेका तर्फबाट अध्यक्ष ओलीले रणनीतिक योजना भएको बिआरआइबारे चासो राखेका थिए । उनले ताताेपानी र रसुवा नाका खाेल्नेबारे पनि कुरा राखेका थिए । ओलीले एक चीन नीति प्रति नेपाल सधैँ प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

जवाफमा चिनियाँ कंग्रेस अध्यक्ष चान्सुले चीन–नेपाल सम्बन्ध निकै पुरानो रहेको र चीनलाई अप्ठेरो पर्ने कुरा नेपालबाट नहुने विश्वास व्यक्त गरेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१