नेपाली कांग्रेस माफिया, विचौलिया र डनहरुको कब्जामा (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेसकी चर्चित नेतृ रीता खनाल कांग्रेस परित्याग गरी नेपाली कांग्रेस वीपीको उपसभापति भएकी छिन् । कांग्रेसमा सिद्धान्त, आदर्श, विचार र नेता कार्यकर्ताको मान प्रतिष्ठा केही नभएपछि आफू कांग्रेस वीपीमा आएको उनको भनाइ छ । कांग्रेस वीपीलाई भारतमा अरविन्द्र केजरीवालको आम आदमी पार्टीको मोडलमा विकास गर्ने योजना छ ।

हुलाक सञ्चारसँग कुरा गर्दै नेतृ खनालले कांग्रेस पार्टी शेरबहादुर देउवाका भक्तहरुको झुण्ड भएको बताइन् । इमान्दार र प्रतिवद्ध नेता कार्यकर्ताका लागि त्यहाँ कुनै स्थान नभएको भन्दै उनले कांग्रेस माफिया, विचौलिया र गुण्डाहरुबाट सञ्चालन भैरहेको आरोप लगाइन् ।

खनाल भन्छिन्, ‘सेनेटरी प्याडको विषयमा प्रधानमन्त्रीका छोराको नाम मुछियो, प्रधानमन्त्रीले के गरे ? बजेट बनाउँदा अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई सहभागि गराए, किन बर्खास्त गरिएन ? नीतिगत भ्रष्टाचार गर्न प्रधानमन्त्री आफैँ सक्रिय हुन्छन किन ? प्रधानमन्त्री निवासमै प्रधानमन्त्री पत्नी विदेशी नेतालाई राखी बाँधिन, के का लागि ?’

कांग्रेसमा हिजो असन्तुष्ट रहेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायतका नेताहरु पनि निरीह रहेको खनालको भनाइ छ ।

‘देउवासामु न उहाँहरु खुलेर विरोध गर्न सक्नु हुन्छ न त समर्थन नै गर्न सक्नु हुन्छ । उहाँहरुलाई घुटन भैरहेको छ ।’

शेखर कोइराला देउवाविरुद्ध उभिएपनि उनको विरोधको खासै अर्थ छैन । गिरिजाप्रसाद कोइरालासँग टक्कर लिएर विरोधीलाई सखाप पार्न सिपालु देउवाले शेखरको विरोधलाई महत्व नै दिएका छैनन् । बरु कोइराला पनि कांग्रेस वीपीमा आबद्ध भएर अघि बढे मुलुक, जनता र आम कांग्रेस जनको हित हुने खनाल बताउँछिन् ।

खनालका अनुसार आउँदो आमचुनावमा कांग्रेस वीपीले १६५ निर्वांचन क्षेत्रमा उम्मेदवारी दिनेछ । केन्द्रबाट कुनै निर्देशन नभएपनि स्थानीय आवश्यकताको आधारमा जो कोहीसँग तालमेल गर्न सकिनेछ ।

विस्तृत भिडिओमा :

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७