
सुनसरी । इटहरी स्थित इटहरी इन्टरनेशनल कलेजको सन् २०२२ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससि (अर्नस) कम्पुटिब र बिए (अनर्स) बिजनेस प्रशासनका २२७ जना विद्यार्थी सहभागी भएका थिए ।
कलेजले बिहीबार दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो । समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएससि (अर्नस) कम्पुटिब तह पूरा गर्ने २१४ जना विद्यार्थी गरी जम्मा २२७ विद्यार्थी दीक्षित भएका थिए ।
दीक्षान्त समारोहमा सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोहमा आयोजना गरेको कलेजले जनाएको छ । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृति उपलब्ध गराएको छ ।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ । दीक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए ।
सो अवसरमा उनले भने- ‘तपाँइहरुले जस्तो सोच राख्नु हुन्छ, आउने दिनहरु त्यस्तै पाउनुहुनेछ । ज्ञानले जीवनमा ठूलो प्रभाव पार्छ त्यसैगरी सकारात्मक सोचले हाम्रो जिवनमा राम्रो परिवर्तन ल्याउँछ ।’
दीक्षान्त समारोहमा बोल्दै आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले भने, ‘आजकाे युगमा वैदेशिक शिक्षा लोकप्रिय बन्दै गएको छ, त्यसैले हजुरहरु बिदेशिए पनि आफ्नो शिक्षा पूरा गरेर स्वदेश फर्किनुस् र देश विकासमा याेगदान दिनुहाेस् ।’