
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले चार वर्षे बीबीएसको चौथो वर्षको ‘बिज्नेस रिसर्च मेथड्स’ विषयको परीक्षा पुनः लिने भएको छ । एक वर्षपछि उक्त विषयको परीक्षा लिन लागिएको हो ।
सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५२ सम्म भएका विद्यार्थीले परिक्षा पुन दिनुपर्ने छ ।
२०७८ साल पुस २० गतेदेखि माघ ४ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षा शनिबार बिहान ८ बजेदेखि पुन परीक्षा हुने त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयले परीक्षामा सहभागी हुन भनेर मोबाईलमा मेसेज पठाएको विद्यार्थीहरुले बताएका छन्।