• २०८३ असार १०
  • 2026 June 24, Wednesday

सांसद भण्डारीको उपचारमा कमी हुन नदिन ओलीद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता चन्द्रकान्त भण्डारीको उपचारमा कमी हुन नदिन सरकारको ध्यानार्कषण गराएका छन् ।

सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले भण्डारी एलपी ग्यासको सिलिन्डर विस्फोटमा परेर घाइते भएको खबरले दुःखी भएको भन्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले घाइते भण्डारीकी आमाको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले लेखेका छ्न । ‘एलपी ग्यासको सिलिन्डर विस्फोटमा परेर प्रतिनिधिसभा सदस्य माननीय चन्द्रकान्त भण्डारी घाइते हुनु भएको खबरले अत्यन्त दुःखी छु । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गर्दछु । विस्फोटमा परी निधन हुनु भएकी उहाँकी आमा हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’

राति नेता भण्डारीको घरमा ग्यास सिलिण्डर विस्पोट हुँदा भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमाको उपचारको क्रममा निधन भएको छ भने भण्डारीलाई उपचारको लागि मुम्बई लगिदै छ ।