• २०८३ असार १०
  • 2026 June 24, Wednesday

अनेरास्ववियु अध्यक्षमा चुनिए समिक बडाल

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् ।

२३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो ।

निर्वाचनमा १५१७ मत खसेको थियो । ९६२ मत पाएर बडाल अध्यक्ष चुनिए ।

बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन् । उनी काभ्रेको रोसी गाउँपालिका वडा नम्बर ९ का हुन् ।

बडालले अध्यक्षका उम्मेदवारहरू आरसी लामिछाने, मोती विक, लोकेश निरौला र वाङ्छु योञ्जनलाई हराएका हुन् । आरसीले ३५६ मत ल्याए, लोकेशले ११३ मत र वाङ्छुले ८ मत मात्रै ल्याएका थिए ।

उपाध्यक्षमा गोविन्द गिरीले ७६३ मत, धर्म गिरीले ५०१ मत, नारायण घर्तीले ७५१ मत र मर्यादा विष्टले ६७५ मत ल्याएर निर्वाचित भएका छन्।

महासचिवमा नरेश रोकाया ७३३ मत ल्याएर विजयी हुँदा अरू उम्मेदवार उमेश आचार्य, कल्पना वाइवा, भाष्कर खनाल, सुदर्शन शिवाकोटी पराजित भएका छन् ।

सचिवमा सञ्जिव धितालले २८८ मत, सुजन कडरियाले ६१७ मत, प्रकाश पौडेलले ५२८ मत, दिपेश प्रसाईले ३३३ मत, आशिर्वाद सुवेदीले ३४६ मत र दीपक धामीले ३५० मत ल्याएर निर्वाचित भए ।

यस्तै, सचिवमै अञ्जना शिवाकोटीले ७५९ मत, आरती भट्टराईले ५२५ मत, विनिता काफ्लेले ५३५ मत, मनोज ताम्ली लिम्बूले ४५७ मत ल्याएर निर्वाचित भएका छन् ।

यस्तै, कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन् । उनले ७२० मत ल्याए ।