• २०८३ जेठ २२
  • 2026 June 05, Friday

अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई युवती पक्राउ

काठमाडौं। झुट्ठा बहाना बनाई अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई युवती समातिएका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-१० चन्द्रगढी घर भई हाल काठमाडौं- २२ खिचापोरी बस्‍ने ३२ वर्षीया दिपाञ्जली थापा भन्‍ने उषा कार्की र चितवन कालिका नगरपालिका-४  घर भई हाल काठमाडौं- २२ खिचापोखरीमा बस्‍ने २० वर्षीया निकिता सुवेदी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्की र सुवेदीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि ठगी सम्बन्धी कसूरमा आवश्‍यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।

उनीहरुले पीडितहरुलाई ‘फोन सम्पर्क गरी उच्च पदस्थ कर्मचारीको छोरी हुँ, एमबीबीएस टपर हुँ, विद्यालयमा शैक्षिक कार्यक्रम लगायत विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गर्ने गर्छु’ भनेर बहाना बनाएर इसेवा वालेटमा अनलाइन मार्फत पैसा पठाउन लगाएको प्रहरीको आरोप छ ।‌‌‍‍
‍‍‍