
काठमाडाैं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेकाे चिकित्सकहरूले जानकारी गराएका छन् । गत फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए ।
सांसद भण्डारीकी आमाको कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो । त्यही दिन सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो
मुम्बईमा सांसद भण्डारीको उपचार जारी छ । उनको उपचारमा संलग्न रहेका चिकित्सकहरूले दिएको जानकारीअनुसार सांसद भण्डारीको अवस्था क्रमिक रूपमा सुधार भइरहेकाे छ ।
उनकाे स्वास्थ्यमा सुधार भएकाे र अक्सिजन दिन छाेडिएकाे अस्पतालमा रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए ।
उनका अनुसार सांसद भण्डारीको प्लेटिलेट्सको मात्रा बढेको छ भने पिसाबको मात्रा नर्मल देखिएको चिकित्सकहरूले जानकारी दिएका छन् ।