ओडीआई वरीयताको १५औँ स्थानमा उक्लियो नेपाल

काठमाडाैं । आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली ओडीआई वरीयताको १५औँ स्थानमा उक्लिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालले एक स्थान सुधार गरेको हो । नेपालले ४० एक दिवसीय खेलमा १२३८ पोइन्ट र ३१ रेटिङ पाएको छ ।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा सुधार गरेको हो ।

नेपाल १५औं, ओमान १६औं र नामिबिया १७औं स्थानमा छन् । अमेरिका १८, यूएई १९ र पीएनजी २०औं स्थानमा छन् ।

नेपालभन्दा माथि नेदरल्यान्ड १४ र जिम्बाबे १३औं स्थानमा छन् ।

वरीयताको शीर्ष स्थानमा भारत छ । ४६ ओडीआई खेलमा भारतले ११४ रेटिङ पाएको छ । अस्ट्रेलियाले ३४ ओडीआई खेलमा ११२ रेटिङ पाएको छ । न्यूजिल्यान्ड तेस्रो र इङल्यान्ड चौथो स्थानमा छन् ।

टी–ट्वान्टी वरीयतामा भने नेपाल १६औं स्थानमा छ । नेपालअघि स्कटल्यान्ड १५, नामिबिया १४ र युएई १३औं स्थानमा छन् ।

टी–ट्वान्टी वरीयताको शीर्ष स्थानमा भारत र दोस्रो स्थानमा इङल्यान्ड र तेस्रो स्थानमा पाकिस्तान छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१