• २०८३ असार १४
  • 2026 June 28, Sunday

अन्तर्राष्ट्रिय फुटबलबाट सुजल श्रेष्ठको सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

पछिल्लो समय ए डिभिजन क्लब मछिन्द्रको कप्तानको भूमिकामा रहेका उनले नेपाल छाडेर अस्ट्रेलिया पलायन हुनुअघि सन्यास लिएका हुन् ।

उनी बिहीबार मध्यराति १२ बजे अस्ट्रेलियतातिर उड्ने छन्।

एन्फा एकेडेमीका उत्पादन सुजलले सन् २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका श्रेष्ठ यसघि २०७६ सालमा नेपाली टिमको कप्तान पनि भइसकेका छन्।

उनले नेपालका लागि यू-१४, यू–१६, यू–१९ र यू–२३ गरी सबै टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।