
काठमाडौं । सत्ता गठबन्धनबाट चितवन– २ मा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेसको पदाधिकारी तहमा श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति लगभग जुटिसकेको छ ।
चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस चितवनले ११ जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठको नाम समावेश थियो ।
१३ जना मध्येबाट श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी छ । बिहीबार विहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउन लागिएकाे बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
गत आम चुनावमा चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नागरिकता प्रकरण दोषी ठहर भएपछि पद खाली भएको थियो ।