
काठमाडौँ । मन्त्रीको नाम फाइनल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा बैठक बिहान ११ बजेदेखि सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । सत्ता गठबन्धनमा मन्त्रालय संख्या भागबन्डा टुंगिएपछि प्रधानमन्त्रीले बिहीबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।
स्रोतका अनुसार बिहीबार दिउँसो ४ बजेका लागि राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रमको आयोजना गरिएको छ ।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालयको नेतृत्व गर्ने भएको छ ।