कांग्रेसबाट रक्षा मन्त्रीमा खड्का र अर्थ मन्त्रीमा महत निश्चित

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा मन्त्रीहरू पठाउने भएको छ ।

कांग्रेसले ८ वटा मन्त्रालय लिने दलहरूबीच सहमित भएपछि कांग्रेस खड्काको नेतृत्वमा बिहीबार सरकारमा जाने तयारी गरको हो ।

खड्काले उपप्रधानमन्त्रीसहित रक्षामन्त्री पाउने पक्का भएको छ ।

यसैगरी, अर्थमन्त्रीमा सहमहामन्त्री एवं प्रवक्ता डा. प्रकाशशरण महत लगभग निश्चित भएको छ ।

त्यस्तै, सुदूरपश्चिमबाट एनपी साउद पनि मन्त्री बन्ने लगभग निश्चित भएको बताइएकाे छ ।

शेखर समूहबाट गण्डकीका धनराज गुरुङ र कोशीका डीकबहादुर लिम्बू मन्त्री बन्ने सम्भावना छ । यसैगरी, मन्त्री बन्नेकाे लाइनमा सीता गुरुङ, रमेश रिजाल छन् ।

मन्त्री छान्नका लागि कांग्रेसकाे कार्यसम्पादन समितिकाे बैठक अहिले बसिरहेकाे छ । बेलुकासम्म प्रधानमन्त्रीले मन्त्रिपरिषद् पूर्णता दिने तयारी गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१