• २०८३ असार १४
  • 2026 June 28, Sunday

आइपिएल आजदेखि, पहिलो खेलमा चेन्नई र गुजरात खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारबाट शुरु हुँदै छ । आज पहिलो खेलमा गुजरात टाइटन्ससँग चेन्नई सुपर किंग्स खेल्दै छ । खेल नेपाली समय अनुसार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ७ : ४५ मा सुरु हुनेछ ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स र हार्दिक पाण्डे्यको कप्तानीमा रहेको गुजरात भिड्ने छ । टिममा केहि फेरबदल हुनेछ ।

चेन्नईले तीव्र गतिका बलर आकाश सिंहलाई टोलीमा समेटेको छ । तीव्र गतिका बलर मुकेश चौधरी घाईते भएपछि आकाशलाई उनको स्थानमा लिएको हो ।

चेन्नईको टोली :
बेन स्टोक्स, रविन्द्र जडेजा, दीपक चाहर, महेन्द्रसिंह धोनी, मोईन अली, अम्बाती रायुडू, ऋतुराज गायकवाड, शिवम दुबे, मिचेल सान्टनार, राजवर्धन हांगरगेकर, प्रशान्त सोलन्की, डेभन कन्वे, महेश थिक्सना, निशान्त सिन्धु, अजिक्या रहाणे, ड्वेन प्रिटोरियस, अजय मंडल, सुभ्रान्शु सेनापती, सिमरजित सिह, मथिसा पाथिराना, शैक राशिद र तुषार देशपान्डे

गुजरातको टोली :
सुभमन गिल, हार्दीक पाण्डे्य, डेविड मिलर, अभिनव मनोहर, साइ सुर्दशन, वृद्धिमान शाह, मथेव वाइड, राशिद खान, राहुल तिव्तिवा, विजय शङ्कर, महोमद शामी, अलजारी जोशेफ, यश दयाल, प्रदीप सङ्गवान, दर्शन नलकाण्डे, जयन्त यादव, साइ किशोर, नुर अहमद, केन विलियम्स, उडिय्न स्मिथ, के.एस भरत, शिवम मावी, उर्भिर पट्टेल, जोशू लिट्ल र मोहित शर्मा