बारा–२ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेसकाे निर्णय

काठमाडौं । नेपाली कांग्रेसले बारा–२ मा उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बैशाख १० मा हुने उपनिर्वाचनमा यादवलाई साझा उम्मेदवारका रुपमा प्रस्तुत गर्ने निर्णय गरेको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

बैठकमा उपनिर्वाचनबारे छलफल भएको थियो । यसअघि कांग्रेसले तनहुँ–१ बाट गोविन्द भट्टराई र चितवन–२ बाट जितनारायण श्रेष्ठलाई उठाउने निर्णय गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१