• २०८३ असार १२
  • 2026 June 26, Friday

भारतबाट चन्द्र भण्डारीकाे सन्देश : स्वास्थ्यमा सुधार भइरहेकाे छ, छिट्टै फर्किन्छु

काठमाडौं । भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्ति गरेका छन् ।

भारतबाट भिडियो सन्देशबाट भण्डारीले नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन् ।

उनले भिडियो सन्देशमा भनेका छन्, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरुसित म सहभागी हुन सकिरहेको छैन । तपाईँहरूको माया सद्भाव, प्रेम र प्रार्थना कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ ।’

उनले छिट्टै नेपालमै उपस्थित भएर आफ्नो स्वास्थ्य उपचार गर्ने बताए ।