
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा गएको मन्त्रीलाई पार्टी कार्यालयमै भेट्न व्यवस्था मिलाएको छ ।
नेता तथा कार्यकर्तासँग सरकारमा रहेका मन्त्रीहरुको सहजै भेटको व्यवस्था मिलाउनको लागि समय निर्धारण गरिएको छ ।
आइतबार र बुधबार दिउँसो २ देखि ३ बजेसम्म कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाल र सोमबार र शुक्रबार सोही समयमा भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेट्ने समय तोकिएको छ ।
यसअघि आजैबाट नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्री र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई पार्टी कार्यालयमै कार्यकर्तासँग भेट्ने व्यवस्थाको सुरुआत गरेको छ ।