• २०८३ असार १२
  • 2026 June 26, Friday

प्रदुषित राजनीति सफा गर्छु, घरजग्गा र विहे नभएको राजनीतिक सन्यासी हुँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले राजनीतिलाई सफा गरेर देश बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित विशेष सामूहिक धम्मपूजा कार्यक्रमलाई सम्बोधन गर्दै अहिले भइरहेको प्रदुषित राजनीति सफा गर्न आवश्यक भएको बताए ।

उनले आफ्नो नाममा घर जग्गा केही नभएकाले आफूलाई राजनीतिक सन्यासीको रुपमा तुलना गरे ।

उनले भने, ‘सन्यासीहरु पनि राजनीतिमा आउनुपर्यो । राजनीतिक गर्नेहरु सन्यासी हुनुपर्यो । राजनीति चाहिँ फोहोरिहरुलाई छाड्दिने अनि देश चाहिँ सफा होस् भन्ने छाड्दिनु हुँदैन । मेरो विचार म पनि सन्यासी हुँ । मैले आफूलाई राजनीतिक सन्यासी नै भन्छु। मेरो कुनै आफ्नो जमिन भन्ने छैन । आफ्नो घर र व्यक्तिगत सम्पत्ति छैन । तपाईंहरु सबैलाई थाहा छ म विवाहित पनि छैन ।’