एमाले इन्द्रावतीको ‘समृद्ध गाउँपालिका अभियान’ : सबै दल एकै ठाउँमा उभिनुपर्नेमा जोड

काठमाडौं । नेकपा एमाले इन्द्रावती गाउँपालिकाले गाउँपालिकाको ‘समृद्धि र नागरिक अपेक्षा’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ वर्षको अवसर पारेर गाउँपालिकाले गाउँपालिकाले उक्त विषयमा अन्तर्क्रिया गरेको हो ।

एमालेले ‘मिसन ग्रासरुट’ अभियान चलाइरहेको बेला एमाले इन्द्रावतीले नागरिकको विकासमा सहजता ल्याउन अन्तर्क्रिया कार्यक्रम गरिएको एमाले इन्द्रावतीका अध्यक्ष शशिनाथ आचार्यले जानकारी दिए ।

उनले गाउँपालिकाको समृद्ध यात्रा समझदारी र सहकार्यबाट मात्रै सम्भव रहेको भन्दै एमाले इन्द्रावतीले सो अन्तर्क्रिया गरेको बताए ।

गाउँपालिकाले विभिन्न विधाबाट नागरिकलाई जागरूक बनाउने साहित्यकार स्रष्टा, शिक्षाप्रेमी, समाजसेवीहरूलाई सम्मान समेत गरेको छ ।

एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको उत्त अन्तर्क्रिया तथा सम्मान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू र नागरिकको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले विकास निर्माणमा सबै दलहरू मिल्नुपर्ने बताए । आफू इन्द्रावतीका विषयमा जानकार भएको भन्दै इन्द्रावती समृद्धीलाई स्वरोजगार र स्थानीय स्रोत साधनको उपयोग गर्नुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले आफूले इन्द्रावती गाउँपालिकाको समृद्धिका लागि कुनै कसुर नछाड्ने प्रतिबद्धता व्यक्त गरे । आफूले बोलेका कुरा लागु गर्नका लागि सबै दल मिल्नुपर्ने भन्दै सहकार्य र समझदारीबाट नै समृद्ध इन्द्रावती बन्ने उनकाे भनाइ छ ।

उनले इन्द्रावतीमा आफू जनप्रतिनिधि भएर आए देखिका काम काजका विषयमा समेत जानकारी दिए । किसानहरूका लागि तीन वटा चिलिङ भ्याट निर्माण गरेको भन्दै जनतामुखी सरकार आजको आवश्यकता रहेको बताए ।

त्यस्तै, निवर्तमान गाउँपालिका अध्यक्ष वंशलाल तामाङले आफ्नो कार्यकाल कुशलतापूर्वक सम्पन्न गरेको बताए । आफू नेतृत्वमा हुँदा प्रत्येक वडामा स्वास्थ्य चौकी विद्यालय सडक निर्माणका काम भएको उनले बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका कमिटीका अध्यक्ष शशिनाथ आचार्यले जनतालाई विकासमुखी बनाउन स्थानीय तहको भूमिका निकै महत्त्वपूर्ण रहेको भन्दै त्यसअनुरूप काम भइरहेको बताए । उनले छलफल र सहकार्यबाट मात्रै इन्द्रावतीको समृद्धि सम्भव रहेको बताए ।

उनले कार्यक्रमको छलफलमा उठेका विषयहरू सबै लिपिबद्ध गरिएको र सो विषयहरू गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गर्ने बताए ।

कार्यक्रममा सहभागीहरूले गाउँपालिकाको समृद्ध यात्रामा शिक्षा, स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा देश र समाजका लागि विभिन्न विधामा योगदान गरेबापत प्राध्यापक कपिल श्रेष्ठ, साहित्यकार जगन्नाथ आचार्य, वास्तुशास्त्री डा.उत्तम उपाध्याय न्यौपाने, पाँचपोखरी क्याम्पसका क्याम्पस प्रमुख डा.नवराज न्यौपाने, बुद्ध धर्मका गुरु कर्मा छिरिङ तथा सामाजिक व्यक्तित्वहरू गोविन्द मिश्र, रामबहादुर सुनार, सुब्बा माझी, सञ्चमाया तामाङ, नमुना तामाङ, सन्तबहादुर दनुवार लगायतका व्यक्तिहरूलाई सम्मानित गरिएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७