परराष्ट्रमन्त्री साउदलाई भारतीय समकक्षी एस जयशंकरको बधाई

काठमाडौं । नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई भारतीय समकक्षी डा. एस जयशंकरले बधाई दिएका छन्।

भारतीय विदेशमन्त्री जयशंकरले साउद परराष्ट्रमन्त्री नियुक्त भएकै दिन आज सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन्।

साउदको नयाँ भूमिकाका लागि सफलताको शुभकामनासमेत व्यक्त गर्दै उनले दुई देशबीचको बहुआयामिक साझेदारी मजबुत बनाउन सँगै काम गर्न तत्पर रहेको पनि उल्लेख गरेका छन्।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७