विश्वको सबैभन्दा प्रदुषित शहरमा आजपनि काठमाडौं, तुवाँलो आगामी तीन दिनसम्म रहने

काठमाडौं । आजपनि काठमाडौं सोमबारपनि विश्वको सबैभन्दा धेरै वायु प्रदुषण हुने सहर देखिएको छ ।

विश्वभरका शहरहरूको हावाको शुद्धता मापन गर्ने स्वीट्जरल्याण्डको आइक्यूएयर डटकमका अनुसार सोमबार बिहानको काठमाडौंको हावा विश्वकै सबैभन्दा दुषित भएको देखाएको छ । हिजो आइतबार भन्दा केही सुधार भने भएको छ ।

सोमबार बिहान १ सय ९१ सम्म हावाको गुणस्तर पुगेको छ । यो अस्वस्थकर हो । उक्त वेबसाइटका अुनसार हिजो बिहान २ सय ९ सम्म हावाको गुणस्तर गएको थियो । जुन एकदमै अस्वस्थकर मानिन्छ ।

हावाको गुणस्तर नराम्रो भएको दोस्रो स्थानमा दिल्ली छ भने तेस्रोमा थाइल्याण्डको चिइङ सहर छ ।

देशका धेरैजसो स्थानमा आगलागी र पश्चिमी वायुको आशिंक प्रभावका कारण काठमाडौंमा प्रदुषण बढेको हो ।

हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ र उक्त प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल स्थिर रहने देखिन्छ । साथै नेपालमा लामो समय देखि वर्षाका गतिविधिमा पनि कमी आएको हुनाले डढेलोका घटनाहरू पनि बढेको देखिन्छ । यसको परिणाम स्वरूप उपत्यका लगायत देशका धेरै भू–भागहरूमा तुवाँलो समेत लाग्ने गरेको र सो क्रम अझै आगामी तीन दिनसम्म पनि जारी रहने सम्भावना रहेको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७