सन्दीपले तोडे फैज र सिंहको शतकीय साझेदारी

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध अहमद फैज र विरनदीप सिंहको शतकीय साझेदारी तोडेका छन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले ३४ ओभरमा २ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको छ । विरनदीप सिंह ८८ बलमा २ चौकासहित ४३ र विजय उन्नी एक रनमा क्रिजमा छन् ।

मलेसियाका कप्तान अहमद फैजले ९५ बलमा ८ चौका र १ छक्कासहित ७६ रनको योगदान दिए । दोस्रो विकेटका लागि अहमद फैज र विरनदीप सिंहले १ सय १६ रनको शतकीय साझेदारी गरेका थिए । स्पिनर सन्दीप लामिछानेले ३४ औं ओभरको दोस्रो बलमा कट विहाइन्डको रुपमा विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका छन् ।

मलेसियालाई ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५।५ ओभरमा २२ रनको साझेदारी गरेका थिए । गुलशन झाको बलमा कभरमा सट खेल्ने धुनमा आमिर १७ रनमा दीपेन्द्रसिंह ऐरीबाट सहज क्याच आउट भएका थिए । उनले १८ बलमा ३ चौका प्रहार गरे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१