नेपाललाई तेस्रो सफलता, ललितले लिए विकेट

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपाललाई तेस्रो सफलता प्राप्त भएको छ ।
नेपालका स्पिनर ललितनारायण राजवंशीले आफ्नो पहिलो विकेट लिएका छन् । उनले विरन्ददीप सिंहलाई आउट गरेका छन् । सिंहले ९४ बलमा ४६ रन हानेका थिए ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले ३८ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको छ ।

मलेसियाका कप्तान अहमद फैजले ९५ बलमा ८ चौका र १ छक्कासहित ७६ रनको योगदान दिए । दोस्रो विकेटका लागि अहमद फैज र विरनदीप सिंहले १ सय १६ रनको शतकीय साझेदारी गरेका थिए । स्पिनर सन्दीप लामिछानेले ३४ औं ओभरको दोस्रो बलमा कट विहाइन्डको रुपमा विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका छन् ।

गुलशन झाको बलमा कभरमा सट खेल्ने धुनमा आमिर १७ रनमा दीपेन्द्रसिंह ऐरीबाट सहज क्याच आउट भएका थिए । उनले १८ बलमा ३ चौका प्रहार गरे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१