नेपाललाई पाँचौ सफलता, सोम्पालले लिए विकेट

काठमाडौं । नेपाली क्रिकेट टोलीका बलर सोम्पाल कामीले पाँचौ विकेट लिएका छन् । उनले सयद अजिजलाई आउट गराएका हुन् । अजिज १४ बलमा १३ रन हानेर आउट भए ।

यसअघि स्पिनर ललितनारायण राजवंशीले आफ्नो दोस्रो विकेट लिएका थिए ।

उनले विजय युन्नीलाई १९ बलमा १२ रन बनाएर खेल्न क्रममा क्याच आउट गराएका हुन् भने विरनदीप सिंहलाई पनि आउट गरेका थिए ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले ४२ ओभर सकिँदा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको छ ।

मलेसियाका कप्तान अहमद फैजले ९५ बलमा ७६ रनको योगदान दिए । सिपन सन्दिप लामिछाने र गुलशन झाले १, १ विकेट लिए ।

युएईका ओप्पनर आमिरले १८ बलमा ३ चौका प्रहार गरेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७