
काठमाडौं । नेपाली क्रिकेट टोलीका बलर सोम्पाल कामीले पाँचौ विकेट लिएका छन् । उनले सयद अजिज, फिजार हायत र फितिर सामको विकेट लिएका छन् ।
यसअघि स्पिनर ललितनारायण राजवंशीले आफ्नो दोस्रो विकेट लिएका थिए ।
उनले विजय युन्नीलाई १९ बलमा १२ रन बनाएर खेल्न क्रममा क्याच आउट गराएका हुन् भने विरनदीप सिंहलाई पनि आउट गरेका थिए ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले ४७ ओभर सकिँदा ७ विकेट गुमाउँदै २ सय १४ रन बनाएको छ ।
मलेसियाका कप्तान अहमद फैजले ९५ बलमा ७६ रनको योगदान दिए । स्पिनर सन्दिप लामिछाने र गुलशन झाले १, १ विकेट लिए ।
युएईका ओप्पनर आमिरले १८ बलमा ३ चौका प्रहार गरेका थिए ।